काठमाडौं–केन्द्रीय निक्षेप प्रणाली ‘सिडिएससी’ ले मेरो शेयर मोबाइल एप ल्याएको छ।
सिडिएससीले मोबाइल एप गुगल प्लेस्टोरमा अपलोड गरेसँगै अब केही दिनमै शेयरधनीले मोबाइलबाटै एप डाउनलोड गर्न सक्ने छन्। ‘मेरो शेयर’ को यो मोबाइल एपबाट पोर्टफोलियो हेर्न तथा शेयरको विद्युतीय हस्तान्तरण गर्न पाइनेछ। तर आस्वा सुविधा भने प्राप्त गर्न सकिने छैन।
तत्कालका लागि लगानीकर्ताले प्राथमिक शेयर तथा हकप्रद शेयरमा आवेदन दिन सक्ने छैनन्। यसका लागि मेरो शेयरको साइटमा गएर आवेदन दिनु पर्नेछ। केही समयपछि लगानीकर्ताले यो सुविधा पनि प्राप्त गर्न सक्ने सिडिएसीले जनाएको छ।
तत्कालका लागि यो मोबाइल एप एन्ड्रोइड मोबाइल तथा ट्याबलेटहरुमा मात्रै उपलब्ध हुनेछ। विस्तारै एप्पलको एप स्टोरमा पनि उपलब्ध गराइने सिडिएससीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।