काठमाडौं– भदौ महिनामा वैदेशिक रोजगारीका लागि १५ सय २५ युवाहरुले पुनः तथा नयाँ श्रम स्वीकृति लिएका छन्। श्रम स्वीकृति लिनेमा १ हजार ४ सय १८ पुरुष छन् भने १ सय ७ जना महिला छन्।
वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका अनुसार अफगानिस्तान, अस्ट्रेलिया, बहराइन, बेल्जियम, ब्रुनाई, क्यानडा, साइप्रस, घाना, इजरायल, जापान, कुवेत, मकाउ, मलेसिया, माल्दिभ्स, माल्टा, ओमान, कतार, पोर्चुगल, साउदी, युएई, थाइल्याण्ड गरी विभिन्न ४० वटा मुलुकका लागि श्रम स्वीकृति लिएका हुन्।
जसमध्ये युएईका लागि सबैभन्दा बढी ८ सय ४२ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, कतारका लगि २ सय ५७ र बहराइनका लागि ५६ जनाले श्रम स्वीकृति लिएका छन्।
विश्व कोरोना महामारीको चपेटामा गुज्रिरहेको छ । एकातिर कोरोनाका कारण रोजगारी गुमाएर नेपाली श्रमिकहरु स्वदेश फर्कने क्रम जारी छ भने अर्कातिर देशमा रोजगारीका अवसर नहुँदा फेरि युवाहरु विदेश पलायन हुने क्रम बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।