रसुवा– भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।
नेपाली सेनाको नेतृत्वमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी कार्य गरिरहेको छ। सुरुङमा जमेको पानी र हिलो हटाउँदै जाने क्रममा फेला परेका मानव अङ्ग तथा शव निकाल्ने कार्य भइरहेको प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सचिवालयले जनाइएको छ।
उद्धार तथा खोजी कार्यको प्रगति र घटनाबाट भएको क्षतिबारे थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।