काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
दिउँसो १ बजे बस्ने बैठकमा नियमित एजेण्डामा छलफल हुने एक मन्त्रीले जानकारी दिएका छन्।
नेपाल विद्युत प्राधिकरणमा रिक्त रहेको कार्यकारी निर्देशकमा नियुक्तिको निर्णय हुन सक्ने बताइएको छ। कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि भदौ २९ गते सकिएपछि उक्त पद रिक्त छ। ऊर्जा मन्त्रीको सचिवालयले पनि घिसिङलाई पुनः चार वर्षे कार्यकालका लागि कार्यकारी निर्देशकमा प्रस्ताव गरेको जानकारी गराएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।