काठमाडौं–कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्रयाक ट्रेसिङमा परेका छन्।
निजी सचिवालयमा कार्यरत एक जनामा कोरोना पोजेटिभ देखिएपछि देउवा होम आइसोलेसनमा बसेका छन्। सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।
सभापति देउवाको स्वाब परीक्षण शुक्रबार गरिने सहयोगी भानु देउवाले जानकारी दिएका छन्। देउवा होम आइसोलेसनमा बसेसँगै आज बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएको छ। देउवाको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठक बस्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।