काठमाडौं–काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो भए पनि शैक्षिक संस्थाहरु भने नखुल्ने भएका छन्।
बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै विद्यालय, कलेज, ट्युसन सेन्टर,तालिम केन्द्रलगायतका शैक्षिकहरु संस्थामा निषेध कायमै रहेको जनाएको हो।
यस्तै, जिल्लाभित्र सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, ब्युटीपार्लर सैलुन तथा स्विमिङ पुल, जिम खाना र हेल्थ क्लब संचालनमा निषेध यथावत् रहेको प्रशासनले जनाएको छ।
मठमन्दिर, मस्जिद, चर्चलगायतका परम्परागत धार्मिक तथा सांस्कृतिक स्थलहरुमा दैनिक नित्यपुजाबाहेक भीडभाडजन्य गतिविधि सन्चालनमा पनि रोक लगाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।