काठमाडौं- यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले असोज ७ गते नयाँ स्कुटर सार्वजनिक गर्ने भएको छ। एमएडब्लूले सार्वजनिक लागेको नयाँ १ सय २५ सिसीको स्कुटर रे जेडआरको प्रत्यक्ष प्रशारण हेर्नेले नयाँ स्कुटर जित्न सक्नेछन्।
कम्पनीले ल्याएको योजनाअनुसार लक्की ड्रमार्फत् एक जनाले नयाँ स्कुटर रे जेडआर १ सय २५ जित्न सक्नेछन्। त्यसको लागि लक्की ड्रमा सहभागिता जनाउन आधिकारिक वेबसाइटमा गएर पहिला आफ्नो नाम रजिस्टर गर्नुपर्छ भने, ७ गते बेलुका ७ बजेबाट हुने प्रत्यक्ष प्रशारणमा सहभागी हुनुपर्नेछ। उक्त कार्यक्रमको प्रत्यक्ष प्रशारण यामाहाको युबट्युब च्यानलमा हुनेछ।
लाइभ कार्यक्रममा सहभागिता जनाउन चाहनेले माथिको लिंकमार्फत् रिमाइन्डर बटमको प्रयोग गर्न सक्नेछन्। कोभिड- १९ को कारण कुनै स्थान विशेषमा कार्यक्रम गर्न नसकिने अवस्था आएकाले युट्युब च्यानलमार्फत् नयाँ स्कुटर सार्वजनिक गर्न लागेको यामाहा नेपालले जनाएको छ।
यामाहाले ल्याएको नयाँ रे जेडआर १ सय २५ स्कुटरमा एफआई इन्जिनको प्रयोग गरिएको छ। यस्तोमा नयाँ टेक्नोलोजीका धेरै मोटरसाइकल र स्कुटर ल्याउँदै आएको यामाहाको प्रडक्ट लाइनअपमा रे जेडआर १ सय २५ थपिने भएको छ।
नेपाली बजारमा उपभोक्ता चाहनाअनुसार स्टाइलिस, नविनतम् प्रविधियुक्त मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आएको छ। एमएडब्लूले गर्न लागेको भर्चुअल लन्च नै पहिलो भएको दाबी समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।