काठमाडौं– वरिष्ठ अधिवक्ताले अनिवार्य रुपमा एक जना वकिल अर्थात् अधिवक्ता सहयोगी रुपमा राख्नुपर्ने भएको छ। नेपाल कानून व्यवसायी परिषद्ले बुधबार एक सूचना जारी गर्दै वरिष्ठ अधिवक्ताले बहस गर्दा अनिवार्य रुपमा एक जना वकिल राख्नुपर्ने जनाएको हो।
कानून व्यवसायीको आचारसंहिता, २०५१ को नियम ३ को उपनियम (२) मा वरिष्ठ अधिवक्ताले कुनै पनि मुद्दामा इजलास बहस गर्दा कम्तीमा एकजना अधिवक्ता व्यवसायिक रुपमा संलग्न गराउनुपर्ने उल्लेख छ। सोही नियम कार्यान्वयन गर्न भन्दै उक्त सूचना जारी गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।