काठमाडौं- विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको चार वर्षे कार्यकाल पूरा गरेर आइतबार बिदा भएका कुलमान घिसिङको पक्षमा माइतीघरमा प्रदर्शन गरिएको छ। उनीहरुले घिसिङको पुनर्नियुक्तिको माग राखेका छन्।
बुधबार बिहान बौद्ध क्षेत्रमा पनि प्रदर्शन गरिएको थियो। माइतीघरको प्रदर्शनलाई प्रहरीले केही बेरमै तितरबितर पारेको थियो।
घिसिङलाई पुनर्नियुक्ति गरिने चर्चा चले पनि अन्तिममा पुनर्नियुक्ति भएको थिएन। उनले नै नेपालबाट लोडसेडिङ हटाएकाले अन्य व्यक्ति नियुक्त भएमा पुनः लोडसेडिङ हुनसक्ने आशंका गर्दै उनको पक्षमा प्रदर्शन हुन थालेको हो।
सामाजिक सञ्जालमा पनि उनलाई पुनर्नियुक्ति दिइनुपर्ने माग उठेको पाइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।