काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य बिमा बोर्डका सदस्यमा डा सुरेश तिवारी र चन्द्र थापालाई मनोनयन गरेका छन्।
बुधबार मन्त्री ढकालले बोर्डका सदस्यहरु मनोनित गरेको बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले जानकारी दिए।
उनीहरुको कार्यकाल ४ वर्षको हुनेछ। मन्त्री ढकालले डा तिवारीलाई विज्ञ र बिमितका तर्फका थापालाई मनोनयन गरेको बताइएको छ। मनोनित थापा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका भाइ हुन्।
स्वास्थ्य बिमा ऐन २०७४ मा सम्बन्धित विषयमा पाँच बर्षको अनुभव प्राप्त गरेका व्यक्तिहरुमध्येबाट कम्तिमा दुई जना महिलासहित तीन जना र बिमितमध्येबाट एक जना महिलासहित दुई जना मनोनित गर्ने व्यवस्था छ।
मनोनियत दुवै सदस्यले बुधबार नै स्वास्थ्यमन्त्री ढकालको उपस्थितमा बोर्डका अध्यक्ष उप्रेतीबाट सपथ लिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।