काठमाडौं–हुन्डाईका कारको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेष्टिभ डिलाइट २०७६’ का बम्पर विजेताहरुलाई पुरस्कृत गरेको छ। हुन्डाईले कार्यक्रममा विजयी नागेश्वरप्रसाद शाह (कुपन नं १२७२) लाई भेन्यु एस तथा शालिकराम अधिकारी (कुपन नं ३२९) लाई सेन्ट्रो म्याग्ना हस्तान्तरण गरिएको जनाएको छ।
लक्की ड्र का विजेता छनोट केही महिनाअघि गरिएको थियो। विजेताहरुका साथै दुबई भ्रमण जित्ने १० विजेता पनि छनोट गरिएको थियो। १० विजेतामा भरतसिंह पौडेल, चन्द्रमणि पौडेल, श्रीजेश घिमिरे, महेश्वरलाल सिंह, कृष्णप्रकाश पौडेल शर्मा, राजु शाह, दलबहादुर बिक, बिजय अग्रवाल, गणेश हार्डवेर, एनआइसी एसिया बैंक निर्भीक सापकोटा, र खातु इन्टरनेशनल प्रालि छन्।
लक्ष्मी समूहका अध्यक्ष गणेशबहादुर श्रेष्ठले हुन्डाईलाई नेपालकै सर्वोत्कृष्ट ब्राण्ड बनाउन सहयोग गर्ने आफ्ना सम्पूर्ण ग्राहकप्रति आभार व्यक्त गरेका थिए। हुन्डाईका गाडीहरुमा ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङका साथै निःशुल्क सवारी कर भुक्तानीसहित उपलब्ध छन्।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशभर १३ शोेरुम तथा १७ सर्भिस सेन्टरमार्फत् ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ। हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ। यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।