• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

ओहो! कठिन रहेछ

64x64
ऋग्वेद शर्मा बुधबार, भदौ ३१, २०७७  ११:५८
1140x725

काठमाडौं- खेल्न भन्दा गाह्रो रहेछ खेलिरहन। जित्नभन्दा जितिरहन मुस्किल भएजस्तै। मेहनत भन्दा ज्यादा चाहिने धैर्यता। रहरको खेल लक्ष्य भइसक्दा पनि लामो समय साथ पाउन कठिन। खेलमा अडिसकेको मन खेलबाट त हट्दैन नै, तर परिस्थिति यस्तो आइदिन्छन् जसले खेलमा लागिरहन बाधा भइरहन्छ। 

कोरोना माहामारीमा अहिलेको समय कसैका लागि सहज छैन। खेलाडी त मैदान नपुगेको ६ महिना भइसक्यो। धेरै विषय सहज रुपमा बढाउने प्रयास भइरहे पनि खेलकुदबारे कुनै योजना छैन। अभ्यासमा जाने र सुरक्षित रुपमा खेल गतिविधि गर्नेमा खेलसम्बद्धको स्पष्ट नीति देखिँदैन। सरकारको निर्देशनको पालना गरिरहेका खेल संघहरु खेलाडीको अवस्थाबारे जानकार जस्ता देखिँदैनन्। 

खेलाडीमा पुरानो लय हराउने डर र मैदान जान नपाएको चिन्ता उसैगरी बढिरहेको छ। यो समय कसरी कट्छ र कसरी उसैगरी खेल्न पाइन्छ कसैलाई थाहा छैन। यही अन्योलमा छिन् जुडो खेलाडी पुनम श्रेष्ठ पनि। 

लकडाउन र पछिल्लो निषेधाज्ञामा उनको समय घरमा नै अलि अलि शारीरिक अभ्यास गरेर बित्यो। भाइ र ममिसँग कुराकानी साथै केही समय किताबहरु पढिन्। अरु काम त के पो गर्नु। लकडाउन अलि खुकुलो भएको बेला घरबाहिर केही दिन दौडन पनि निस्किइन्। त्यसले शारीरिक अभ्यासमा फरक अनुभवका साथै मन अलि बहलियो। 

घरमा नै सबै मेसो मिलाएर अभ्यास गरिरहन पनि सहज छैन। आफूले गरिरहने सामान्य अभ्यासबाहेक अरु त गर्न मिल्दैन नै। अहिले लामो समय खेलबाहिर बसेर अब खेलमा जाँदा अप्ठ्यारो हुन्छ, खेल नै बिग्रिसक्यो जस्तो महसुस गरिरहेकी छिन् उनी। उनलाई अब कोरोना माहामारी सकिएर अभ्यासमा जाँदा पनि धेरै गाह्रो हुन्छ जस्तो लाग्छ। खेलिरहने बानि अहिले त यत्रो महिना खेलबिना बस्नु पर्दा त्यो स्वभाविक पनि हो। 

यो तत्काल देखिएका अप्ठ्याराहरु भए। यी भन्दा कठिन छन् भविष्यलाई सोचेर हुने चिन्ता। खेलेर केही नहोला भन्ने डर। आफूअघिका खेलाडीहरु हेर्दा केही भएको पनि त देखिँदेन। जो विदेशिए उनीहरु गए, जो छन् उनीहरु मुस्किलमा नै छन्। 

०००
१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्दा पुनम श्रेष्ठलाई लागेको थियो, अब त दुःखका दिन सकिएलान्। खेलमा जानुअघि उनलाई आमाले बारम्बार भनिरहेकी पनि थिइन्- ‘स्वर्ण पदक जित्नुपर्छ, घर बनाउनुपर्छ है छोरी।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अहिले आमाले भनिरहेकी छिन्- ‘कहिलेसम्म खेल्ने हो? खेलेर के गर्ने हो? समयमा नै आफ्नो बाटो सोच्नुपर्छ है।’ 

जुडोमा ७८ किलोमुनिको तौल समूहमा स्वर्ण पदक जितेर पुनमले त्यसअघिको सागमा जितेको कास्य पदक बिर्साएकी मात्र थिइनन्, पुरस्कारमा आएका रकमले घर बनाउने सपना पूरा हुने भयो भनेर खुसी थिइन्। 

साग सकिएपछि प्रधानमन्त्रीले घोषणा गरेको ९ लाख रुपैयाँका साथै अरु विभिन्न पुरस्कार गरेर १३ लाख रुपैयाँ जति पाएको पुनम बताउँछिन्। तर त्यसले उनको घर बनाउने सपना कसरी पूरा हुनु। 

पुनम संघर्षबाट खारिएकी खेलाडी हुन्। सानोदेखि अभाव छिचोलेर हुर्किएकी उनलाई जे गर्छु खेलकुदबाटै गर्छु भन्ने नलागेको पनि होइन। तर अहिले त्यो पूरा हुन सक्ला भन्ने विश्वास मर्दै गइरहेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पुनम ३ वर्षको हुँदादेखि बाबाको साथ पाइनन्। आमाले गरिबी छल्न चितवनदेखि काठमाडौंसम्म संघर्ष गरिरहिन्। स्नातक पढिरहँदा दिदी सुरक्षित भविष्यकै लागि दुबई गइन्। यसैले अभाव चिनेकी उनले सागको स्वर्णपछि सम्मानमा पाएको पैसाले बस्ने बासको जोहो गर्ने सपना सजाएकी थिइन्। 

‘दिदीले विदेशमा बसेर मेरा लागि भनेर यत्रो दुःख गर्नुभएको छ। मैले चाहिँ मेरो आफ्नो कर्तव्य पनि गरेर देखाउनुपर्छ भन्ने लागेको थियो’, पुनमले भनिन्, ‘म साग गेम खेलेर घर बनाउँछु ममी भनेको थिएँ। अब सम्मानबाट आएको पैसाले घर बनाउँछु, सपना पूरा हुने भयो’ सागमा स्वर्ण जिते लगत्तै पुनमले भनेकी थिइन्। तर त्यो सपना खेलबाटै पूरा हुन सक्ला भन्नेमा अहिले उनी चिन्तित छिन्। 

‘घर त बनाउन सकेको छैन नि। त्यति पैसाले सम्भव पनि छैन। के गर्ने के नगर्ने सोचमा छु। यत्रो खेलेर पनि आफ्नो बस्ने बाससमेत हुन सकेन भने त नराम्रो लाग्छ। त्यसैले अन्तिम उपाय विदेश जाने नै हो कि जस्तो पनि लाग्छ’ पुनमले भनिन्। 

०००
पुनमले जुडो खेल्न थालेको १४ वर्ष भइसक्यो। यतिका समय उनले खेलबाहेक अर्को केही सोचिनन्। लगातार मेहनत गरिरहेकी छिन्। अब उनका लागि ओलम्पिक खेल्ने सपना बाँकी छ।  

सागमा स्वर्ण जित्दाको जुन उचाइ थियो अब त्योभन्दा माथि जान धेरै मेहनत लाग्नेछ भन्ने पुनमले बुझेकी छिन्। उनी भन्छिन्- ‘त्यो स्वर्णपछि त असाध्यै गर्व महसुस भएको थियो। जताततै अन्तर्वार्ता र बधाईहरु आयो। त्यसभन्दा पहिले पनि १२ औँ सागमा प्रतिस्पर्धा गर्दा कास्य जितेको थिएँ। त्यो बेला खासै वास्ता भएको थिएन। अहिले त पुरस्कारहरु पाउँदा अझै राम्रो गर्नुपर्छ भन्ने लाग्यो।’ 

अझै केही सपनाहरु खेलमा रहेर नै पूरा गर्ने पुनमको सोचलाई आर्थिक अवस्थाले भत्काइदेला भन्ने डर बढिरहेको छ। पुनम भन्छिन्- ‘अहिले धेरै खेलाडी विदेश गएको सुनिरहँदा ममिले भनिरहनुहुन्छ, कहिलेसम्म खेल्ने हो? खेलेर के गर्ने हो?’ 

पुनमले अहिले नै विदेश जाने सोच बनाइसकेकी त छैनन्। तर परिस्थितिले त्यसबारे सोच्नुपर्ने हुन सक्छ भन्नेमा उनी सचेत छिन्। 

‘ममि पनि धेरै काम गर्न नसक्ने भइसक्नुभयो। कहिले यता दुख्यो भन्नुहुन्छ, कहिले उता दुख्यो भन्नुहुन्छ। भाइ बल्ल ८ कक्षामा पढिरहेको छ। परिवारले खेल भने पनि आफूले बाध्यताहरु देखेर पनि खेलिरहन सकिँदैन जस्तो लाग्छ’, उनी भन्छिन्, ‘यसअघि ममिले कमाउनुभएको पैसाले घर खर्च चलाएर मैले कमाएको बचत गर्न सकिरहेका थियौँ। तर अहिले त ममिको होटल सरसफाइको काम बन्द हुँदा कमाइ छैन। म आर्मीमा आबद्ध नभएको भए त यो समय धेरै धौ धौ हुने रहेछ।’  

नेपालमा अब खेलबाट मात्र केही हुँदैन भन्ने सोच्ने पुनम एक्ली होइनन्। विदेशिएका खेलाडी संख्या हेर्दा पनि खेल क्षेत्र कसरी चलिरहेको छ थाहा हुन्छ। पुनम भन्छिन्- ‘हामीले सानोदेखि देखेको राम्रो खेल्ने दाइ दिदीहरु सबै विदेश गएको देख्दा त खेल सीमित समयको लागि मात्र हो भन्ने लाग्छ।’

विदेशिएका पुराना खेलाडीले पनि पुनमलाई सम्झाइरहेका हुन्छन्- ‘पछि केही गर्न पनि खेलबाट पुग्दैन, घाँटीमा लगाएको मेडल हेरेर मात्र हुँदैन, बेलैमा सोच्नु।’

०००
पुनमले जुडोभन्दा पहिले तेक्वान्दो सिकेकी हुन्। रहरै रहरमा। सानोमा साथीहरुको लहलहैमा रंगशालातिर गइरहन्थिन्। त्यहाँ खेल अभ्यास भइरहेको हेर्थिन्। धेरै खेलहरु देख्दा उनीहरुलाई पनि खेलौँ जस्तो हुन्थ्यो। 

पुनमले रंगशाला जान थालेको सुरुमा दुई महिना जस्तो तेक्वान्दो खेलिन्। तेक्वान्दोमा पैसा तिरिरहनुपर्ने हुँदा सम्भव त्यो भएन। त्यसैले उनीसहित साथीहरु जुडोतिर पुगे। त्यहाँ गुरुले सित्तैमा खेलाउने भनेकाले उनीहरुको खेल सम्भव भयो। पुनम भन्छिन्- ‘पैसा तिरेर खेल्न सक्ने अवस्था त थिएन, जुडोमा पैसा तिर्न पर्दैन भनेपछि जुडो नै ठीक लाग्यो र त्यही खेल्न थालेँ।

जुडोमा पहिलो पटक प्रतिस्पर्धामा जाँदा उनको खेल राम्रो भएको थिएन। लगातार हारिरहेको थिइन्। ‘पहिला त राम्ररी सबै थाहा थिएन, मनोरञ्जनका रुपमा मात्र खेलिन्थ्यो। सानै पनि थियौँ। दुई तीन वटा प्रतिस्पर्धामा हारेपछि गुरुले पनि राम्ररी सम्झाउनुभयो। त्यसबेला अब मेडल ल्याउनुपर्छ भनेर मेहनत गर्न थालेँ। मेडल आउन थालेपछि अझै खेल्नुपर्छ भनेर मेहनत अझ बढाएँ’ उनले भनिन्। 

अहिले त सागदेखि एसियाली खेलकुद हुँदै विभिन्न प्रतियोगिताका लागि पुनम चीन, हंग्रेरी, थाइल्याण्ड जस्ता देशहरुमा पनि पुगिसकेकी छिन्। रहरमा सुरु भएर लक्ष्य बनेको जुडोले कहिलेसम्म साथ दिन्छ अब पुनमलाई थाहा छैन। यत्ति थाहा छ- जहिलेसम्म खेल्छु, मेहनतका साथ खेल्छु। 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  ११:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
सहरमा मान्छे हिँड्छन् पनि!
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्