काठमाडौं–नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिको माग गर्दै बुधबार बिहान काठमाडौंको जोरपाटी चोकमा जुलुस प्रदर्शन गरिएको छ।
घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिएको थियो।
घिसिङको पदावधि सकिएपछि सरकारले मंगलबार निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिएको छ।
मंगलबारको मन्त्रीस्तरीय निर्णयबाट प्राधिकरणका नायव कार्यकारी निर्देशक कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।