काठमाडौं–सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश अनिरुद्रप्रसाद सिंहको निधन भएको छ।
काठमाडौंको बत्तिसपुतलीस्थित आफ्नै निवासमा मंगलबार साँझ साढे ७ बजे उनको निधन भएको हो। चिकित्सकका अनुसार निमोनियाका कारण उनको निधन भएको हो।
२०१३ सालमा सर्वोच्च अदालत ऐन जारी भई सर्वोच्च अदालत गठन भएपछि पहिलो प्रधान न्यायाधीशका रुपमा अनिरुद्रप्रसाद सिंहले न्यायालयको नेतृत्व गरेका थिए। २०१६ सालमा उनी लोकसेवा आयोगको अध्यक्ष पनि भएका थिए।
२०३४ सालमा तत्कालीन अख्तियार दुरुपयोग निवारण आयोगको पहिलो प्रमुख आयुक्तमा पनि उनी नियुक्त भएका थिए। उनी अख्तियारमा २०३४ साल पुस १३ गतेदेखि २०४२ साल बैशाख ३० गतेसम्म कार्यरत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।