काठमाडौं–भूकम्पको केन्द्रविन्दू सिन्धुपाल्चोकको बाह्रविसे ९ राम्चेका वडाध्यक्ष सानु लामाले भूकम्प गएपछि तनाव थपिएको बताएका छन्।
बाह्रविसेको नागपुजेमा गएको पहिरोले तनाव भइरहेका बेला भूकम्पले त्रास थपिएको उनले बताए।
२०७२ सालको भूकम्पले थिलथिलो पारेको क्षेत्रमा भूकम्प आउँदा वेस्सरी हल्लिएको र सबै मानिस त्रासले घरबाट बाहिर निस्केका उनले बताए। ‘गाउँतिर सबैसँग कुरा गरें, अवस्था सामान्य छ,’ उनले भने, ‘पानी परिरहेको छ, छ, फेरि पहिरो जाने त्रास थपिएको छ।’
पहिरोले धुजा–धुजा पारेको गाउँमा भूकम्पले झन् जोखिम बढाएको उनले बताए। राम्चेमै कोरोनाबाट पहिलो मृत्यु भएको र भूकम्प पनि यही आएकाले गाउँभरि त्रास बढेको उनले बताए। उनले भने, ‘मानिसहरु फेरि पनि धक्का आउँछ कि भनेर डराएका छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।