काठमाडौं–सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु भएर आएको भूकम्पका कारण एक जना घाइते भएका छन्। भूकम्प आउँदा झ्यालबाट हामफालेका राष्ट्रिय वाणिज्य बैंक जलविरे शाखाका कर्मचारी रामचन्द्र रायमाझी घाइते भएको इलाका प्रहरी कार्यालय जलविरेले जनाएको छ।
उनको ढाडमा समस्या भएको र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको कार्यालयका प्रहरी निरीक्षक हरि भट्टराईले जनाएका छन्।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले भने क्षतिको बारेमा हालसम्म कुनै जानकारी नआएको बताएका छन्।
रातभर पानी परेको र बिहानै भूकम्प गएकाले पहिरोको थप जोखिम बढेको पनि उनले बताए।
खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ रेक्टरस्केलको भूकम्प गएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।