काठमाडौं–सर्वोच्च अदालतका १० रजिस्ट्रारहरुको सरुवा भएको छ। मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले विभिन्न स्थानमा रहेका उनीहरुको काज सरुवा गरेका हुन्।
फैसला कार्यान्वयन निर्देशनालयमा रहेका गजेन्द्रबहादुर सिंह उच्च अदालत पाटनमा सरुवा भएका छन्। सर्वोच्च अदालतमा रहेकी रजिस्ट्रार निर्मला पौडेललाई प्रशासकीय अदालतमा सरुवा गरिएको छ।
सर्वोच्च अदालतमा रहेका रजिस्ट्रार भीमकुमार श्रेष्ठलाई न्याय परिषद पठाइएको छ। उनी यो वर्षका उत्कृष्ट निजामती कर्मचारी पनि हुन्। त्यस्तै उच्च अदालत पाटनमा रहेका सहरजिस्ट्रार बाबुराम दाहाल सर्वोच्च आएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।