काठमाडौं–विश्वको दोश्रो ठूलो घरायसी सामग्रीको ब्रान्ड टिसिएलले नेपालीहरुको महान चाड दसैं–तिहारलाई लक्षित गर्दै ‘स्टे सेफ, सेलिब्रेसन वेल अफर’ ल्याएको छ।
यसअन्तर्गत ग्राहकले टिसिएलका टेलिभिजन, वासिङ मेसिन, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सरजस्ता घरायसी सामग्रीमा २ सय ५५ सम्मको क्यासब्याक पाउने छन्। यो अफरअन्तर्गत कुनै ग्राहकले फोन पेमार्फत् पैसा भुक्तानी गरेमा ग्राहकले थप अन्य आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
टिसिएल टिभिमा ३ वर्ष र एसी, वसिङ मेसिनको मोटरलगायत पिसीबी बोर्डमा ५ वर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ । नेपालका लागि यसको आधिकारिक बिक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इओएल रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।