काठमाडौं–जल तथा मौसम विज्ञान विभागले पछिल्लो ३ घण्टा झापाको चन्द्रगढी आसपास भारी वर्षा भएकाले सतर्क रहन आग्रह गरेको छ।
झापा,मोरङ, सुनसरीको भारतीय सीमा आसपास भारी वर्षा भएकाले मेची, विरिङ, निन्दालगायत सीमा आसपासका साना नदीमा आकस्मिक बहाव हुन सक्ने विभागले जनाएको छ।
हाल देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरु र अन्य प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।