सिन्धुपाल्चोक–बाढी पहिरोबाट जोखिममा रहेका सिन्धुपाल्चोकका तीन हजार दुई सय ९० परिवारलाई स्थानान्तरण गर्नुपर्ने देखिएको छ। जिल्ला विपद व्यवस्थापन समितिले तयार पारेको तथ्याकमा यी बस्ती तत्काल सार्नु पर्ने देखिएको हो।
हरेक वर्ष बाढी र पहिरोले सताउँदासमेत सरोकारवाला निकायले यसको न्यूनीकरणमा लागेको देखिँदैन। भूकम्पपछि भूगर्भविद्हरुको टोलीको गरेको अध्ययनबाट सिन्धुपाल्चोकका अधिकांश बस्ती जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरिएको थियो।
ती बस्तीका बसोबास गर्नेहरुलाई अझैसम्म कतै स्थानान्तरण गरिएको छैन। स्थानान्तरण गर्नुपर्ने अवस्थामा जिल्लामा तीन हजार दुई सय ९० परिवार रहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। उनले तत्काल सार्नुपर्ने बस्तीहरुबारे छलफल भइरहेको बताए। यो वर्षमात्रै बाढी र पहिरोमा परि ७३ जनाले ज्यान गुमाएका छन् भने ४२ जना अझै वेपत्ता छन्। हरेक वर्ष पहिरोले मानवीय क्षति गर्दासमेत पूर्व सूचना प्रणाली नराखिँदा ठूलो मानवीय क्षति व्यहोर्नुपरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।