काठमाडौं- सनराइज बैंकले ग्रिन पिन सेवा संचालनमा ल्याएको छ। बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिनपिन सेवा सुरु गरेको जानकारी दिएको छ।
योसँगै अब बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ।
ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सनराइज बैंकको एटिएममा हाल्ने बितिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिनपिन प्राप्त गर्नेछन्। सम्बन्धित व्यक्तिको मोबइलमै पिन जाने हुदाँ यो सुविधा सुरक्षित हुने बैंकको विश्वास छ।
कागजी पिन मेलरमा भर पर्न नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पुनःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सनराइज बैंकका कुनै पनि शाखा मार्फत निवेदन दिए पश्चात तत्कालै कागज विहीन ग्रिन पिन सेवा प्राप्त गर्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।