काठमाडौं–कन्चनपुरमा ट्रकको ठक्करबाट घाइते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित भण्डारी खतरामुक्त रहेको पूर्वकप्तान पारस खड्काले जनाएका छन्।
भण्डारीको हाल कोहलपुर मेडिकल अस्पतालमा उपचार भइरहेको छ। उनको दुवै हात र खुट्टाको अपरेशन हुन लागेको खड्काले जनाएका छन्।
धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनी घाइते भएका थिए। दुर्घटनामा उनका भाइ नाता पर्ने २४ वर्षीय करन ठगुन्ना पनि घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।