काठमाडौं–नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ स्थित घुम्थाङमा गएको पहिरोमा बेपत्ता भएकाहरुको उद्धारमा लाग्न सबैलाई आग्रह गरेका छन्। आईबार एक विज्ञप्ति प्रकाशित गर्दै प्रचण्डले यस दुःखद् क्षणमा बेपत्ताहरुको खोजी, उद्धार र राहतमा जुट्न नेता, कार्यकर्तासहित राष्ट्रिय, अन्तराष्ट्रिय संघसंस्थालाई आग्रह गरेका छन्।
अहिलेसम्म ९ जनाको शव फेला परेको छ भने अझै २२ जना बेपत्ता छन् । अविरल वर्षाका कारण १५ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा परेका छन्। पहिरोबाट जोखिम भएका सम्भावित स्थानहरुको पहिचान गरी स्थानन्तरण गर्नुपर्ने पनि प्रचण्डले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।