काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाहविसे घुम्थाङस्थित पहिरोस्थल पुगेका छन्। उक्त क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्रसमेत हो। गएराति पहिरो गएको खबर पाएपछि उनी सडकमार्गबाट बिहानै त्यसतर्फ गएका थिए।
पहिरोले उक्त क्षेत्रका ९ जनाको ज्यान गएको छ भने २२ जना बेपत्ता छन्।
गए रातिको वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजे, भीरखर्कलगायतका स्थानमा पहिरो जाँदा ठूलो मानवीय क्षति भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।