सिन्धुपाल्चोक–सिन्धुपाल्चोकको बाह्रविसे–७ घुम्थाङमा पहिरोले पुरिएकामध्ये नौ जनाको शव फेला परेको छ।
मृतकमध्ये पाँच जनाको पहिचान भएको छ। नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ, २४ वर्षीया जुनुमाया विक र ४० वर्षीया सर्कीनी प्रधानसहित अन्य दुई जनाको पहिचान भएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लले जानकारी दिए।
थप २२ जना बेपत्ताको खोजी जारी रहेको छ। उनीहरुको स्थानीयवासी र सुरक्षाकर्मीले खोजी गरिरहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।