काठमाडौं–मनसुनी भारी वर्षा काठमाडौं उपत्यकासहित प्रदेश १ देखि प्रदेश पाँचसम्म केन्द्रित भएको छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्वी र मध्य नेपालमा भारी वर्षा केन्द्रित भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानांगले बताए।
आगामी दिन प्रदेश एक, प्रदेश दुई, बाग्मती, गण्डकी र प्रदेश ५ का एक÷ दुई थानमा भारी वर्षा हुन सक्ने प्रधानांगले बताए।
‘मनसुन सकिने बेला हुन थालिसकेको छ। त्यति धेरै लामो समयसम्म भारी वर्षा हुँदैन। खण्ड खण्डमा वर्षा हुन्छ,’ प्रधानांगले भने, ‘तर, मनसुनी समय भएकाले सतर्क भने भईराख्नु पर्छ।’ नेपालमा मनसुन सुरु जुन १०देखि सुरु भई सेप्टेम्बर २३ तारिखमा सकिन्छ। तर, यस वर्ष धेरै वर्षा भएकाले बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको गृह मन्त्रालयले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।