तस्बिर : बजिरसिंह भण्डारी
काठमाडौं–अविरल वर्षासँगै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका ७ घुम्थाङको नागपुजे र भीरखर्कमा १८ घर पुरिएका छन्। नागपुजेमा कम्तिमा ८ घर र भीरखर्कमा १० घर पुरिएको स्थानीयले जनाएका छन्।
स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन भइरहेको स्थानीयको भनाइ छ।
घटनाबारे जानकारी पाउनेबित्तिकै सभामुख अग्निप्रसाद सापकोटा पहिरोप्रभावित घुम्थाङ प्रस्थान गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनाएका छन्।
यसबारे थप विवरण प्राप्त हुन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।