चितवन–भरतपुर अस्पतालमा बिहीबार र शुक्रबार मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। रत्ननगर नगरपालिका २ का ४६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। अस्पतालको आकस्मिक कक्षमा आइपुग्दा बिहीबार राति उनको मृत्यु भएको थियो। मृत्यु पछि गरिएको नमुना परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो।
अन्य दुई जनाको भने नतिजा नेगेटिभ आएको छ। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबार बिहान मृत्यु भएकी राप्ती नगरपालिका ४ की १८ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारका लागि अस्पताल आईपुग्दा उनको मृत्यु भएको थियो।
बिहीबार दिउँसो सघन उपचार कक्षमा खैैरहनी नगरपालिकाकी २२ वर्षीया युवतीको उपचारका क्रममा मृत्यु भएको पौडेलले बताए। उनको पनि नतिजा नेगेटिभ आएको छ । उनीहरु तीनै जनालाई ज्वरो, खोकीसहित श्वासप्रश्वासमा समस्या देखिएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षणका लागि पठाइएको थियो।
यसअघि भदौ १४ गते अस्पतालको आकस्मिक कक्षमा तीन जनाको एकैदिन उपचारकै क्रममा मृत्यु भएको थियो। उनीहरुको कोरोना परीक्षण गर्दा तीनै जनाको नतिजा पोजेटिभ आएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।