भक्तपुर- भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ निकोसेरामा एकै परिवारका तीन जना मृत फेला परेका छन्। मृत फेला पर्नेमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी छन्।
शंकास्पद अवस्थामा उनीहरू तीनै जना मृत भेटिएको र अनुसन्धान प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापाले बताए।
शवको प्रकृति हेर्दा केही दिन पहिला नै मृत्यु भइसकेको जस्तो देखिएको प्रहरीले जनाएको छ। घरको दोस्रो तलामा सम्झनाको र तेस्रो तलामा बाबु-छोराको शव भेटिएको प्रहरीले जनाएको छ।
तीनै जना आ-आफ्नो खाटमा मृत भेटिएका हुन्। लाश कुहिन थालेर किरा पर्न थालेको एसएसपी थापाले नेपाल लाइभलाई जानकारी दिए।
अहिले घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोली खटिएको छ।
मध्यपुरथिमि-९ निकोसेरास्थित सुदीप अधिकारीको घर। श्रीमती र छोरासहित सुदीपको मृत्युबारे अनुसन्धान गर्दै प्रहरी। तस्बिर : रमेश गिरी/रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।