काठमाडौं- निर्धारित गुणस्तर कायम नगरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले जगदम्बा स्टिल्सको १६ एमएम छडको इजाजत स्थगित गरेको छ। निर्धारित गुणस्तर नपाइएको भन्दै विभागले कारबाही स्वरुप इजाजत स्थगित गरिएको जानकारी दिएको हो।
जगदम्बाको १६ एमएम टिएमटी छडमा इजाजत स्थगन गर्दै ३ सय टन उत्पादित छडलाई बिक्री वितरणमा समेत रोक लगाइएको छ।
सो छडको संकलित नमुनामा कार्बनको मात्रा ०.३ प्रतिशत मात्र हुनुपर्नेमा ०.३५ प्रतिशत रहेको पाइएको थियो। यस्तै सल्फरको मात्रा ०.०५५ प्रतिशत मात्र हुनपर्नेमा ०.०६ प्रतिशत पाइएको छ। यस्तै ब्रान्ड टेस्ट पनि नेपाल गुणस्तर अनुरुप नभएको विभागले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।