सप्तरी- सप्तरीको खडक नगरपालिका-८ कल्याणपुरस्थित हटिया बजारबाट शुक्रबार एक बालकको उद्धार गरिएको छ।
उद्धार गरिएका बालकलाई संरक्षणका लागि कञ्चनपुर नगरपालिकास्थित बालगृह आश्रममा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताए।
बोल्न नसक्ने, मानसिक सन्तुलन ठीक नभएको, चार फिट उचाइ भएको, चिउडोमा खत भएको र हेर्दा तराईमूलको जस्तो देखिने करीब १२ वर्षीय ती बालकलाई स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेपनि परिचय भने खुल्न सकेको छैन। बालकका आफन्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।