काठमाडौं–नेपाल–भारत सीमावर्ती क्षेत्रमा केन्द्रविन्दु बनाएर शुक्रबार ५ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार झापाको बाहुनडाँगीको उत्तरपूर्वको भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान साढे ९ बजे भूकम्प गएको हो।
नेपाली सीमानजिक भारतीय भूभागलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प भए पनि झापाका बाहुनडाँगीलगायतका केही क्षेत्रमा धक्का महसुस भएको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।