काठमाडौं–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पछिल्लो ३ घण्टा कास्कीको लुम्ले र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले थप वर्षा हुने सम्भावना रहेको र साना खोलामा आकस्मिक बाढी आउन सक्ने, कमजोर र भिरालो जमिनमा पहिरो जानसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो।
हाल देशभर सामान्यदेखि पूर्ण बदली भइ केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको विभागले जनाएको छ।
आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १ , बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।