काठमाडौं– काठमाडौं उपत्यकामा निर्माणका सामग्री बिक्री गर्ने पसल दिउँदो २ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै खोल्न पाइने भएको छ। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले यस्तो निर्णय गरेको हो।
यसैगरी निर्माणका सामग्री ढुवानी गर्ने साधन पनि दिउँसो २ बजेबाट बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्ने दिइने भएको छ।
सरकारले कारोना नियन्त्रण तथा रोकथाका लागि भन्दै काठमार्डौ उपत्यकामा जारी ३ साता लामो निशेधाज्ञा बिहीबारबाट लागू हुने गरी खुकुलो बनाएसँगै यस्तो व्यवस्था गरिएको हो।
यसका साथै १६ सिट भन्दा बढी क्षमताका यात्रुवाहक सार्वजनिक सवारीका साधन जोरबिजोर प्रणालीमा संचालन गर्न पाइने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।