काठमाडौं–बिपी कोइराला स्मृति ट्रष्टले प्रदान गर्दै आएको बिपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार कोरोनाका कारण स्थगित गरिएको छ।
बिपी जयन्तीका अवसरमा प्रत्येक वर्ष प्रदान गरिने दुई सम्मान कोरोनाका कारणले स्थगित गरिएको ट्रस्टले जनाएको छ।
बिपी साहित्य सम्मान पुरस्कार यसवर्ष वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गरिने निर्णय भएको थियो। उक्त सम्मानको राशी एक लाख एक हजार रुपैयाँ रहेको छ।
१०७ औं बीपी जयन्तीमा वितरण गरिने सम्मानमा सेनानी सम्मानतर्फको पुरस्कार होमनाथ दाहाललाई प्रदान गर्ने निर्णय भएको थियो। उक्त सम्मानको राशी ५१ हजार रुपैयाँ रहेको छ।
ट्रष्टले सम्मानको अर्को मिति भने तय गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।