सांकेतिक तस्बिर
तनहुँ–मंगलबार साँझबाट अविरल वर्षासँगै आएको बाढीपहिरोले अवरुद्ध डुम्रे–बेसीसहर सडक आज बिहानबाट सञ्चालनमा आएको छ।
सो सडकखण्डअन्तर्गत बेसीसहर नगरपालिका–२ रानीकुवानजिकै बोहोराबेँसीमाथिबाट आएको पहिरोले अवरुद्ध सडक करिब पाँच घण्टापछि सञ्चालनमा आएको हो ।
स्थानीय नवीन धितालका अनुसार सो सडकभन्दा करिब २०० मिटर माथिबाट माटोको लेदोसहितको पहिरोले करिब ३० मिटर सडक अवरुद्ध भएको थियो। सो पहिरो बेँसीशहर नगरपालिकाको आग्रहमा निर्माण व्यवसायी महेन्द्र बोहोराको डोजरले हटाएसँगै सडक सञ्चालनमा आएको धितालले बताए। पहिराले सडक अवरुद्ध हुँदा विभिन्न ढुवानीका साधन, दूधका गाडीलगायतका सवारी साधन रोकिएका थिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।