काठमाडौं–मनसुनी वर्षा उपत्यकासहित पूर्वी र मध्य नेपालमा केन्द्रित भएको छ। आगामी तीन दिन प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र प्रदेश ५ का एक÷दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ।
वर्षा गराउने न्यूनचापीय रेखा औसतभन्दा बढी नेपालतिर नजिक भएकाले भारी वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले बताईन्।
‘प्रदेश एक, प्रदेश दुई, बाग्मती, गण्डकी र प्रदेश पाँचका एक दुई÷स्थानमा तीन दिनसम्म भारी वर्षा हुने देखिन्छ। यो मनसुन सकिन थालेको संकेत होइन। अझै मनसुन सकिन समय बाँकी छ’ मौसमविद् नगरकोटीले भनिन्‘, ‘लामो समयसम्म भारी वर्षा हुँदैन। खण्ड खण्ड गरी छोटो समय भारी वर्षा हुन सक्छ ।’
यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।