काठमाडौं- इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले पछिल्लो दिनमा आफ्ना ग्राहकहरुको लागि सेवा विस्तार गर्ने क्रमलाई तिव्रता दिएको छ।
कम्पनीले अहिलेको विषयम परिस्थितीमा इन्टरनेट सेवाका साथै विभिन्न संघसंस्थाहरुले प्रयोग गर्ने इन्ट्रानेट सेवा पनि उपलब्ध गराउँदै आएको जनाएको छ।
क्लासिक टेकले पश्चिमको बझाङ्ग, बाजुरादेखि पूर्वमा ताप्लेजुङ्गसम्म आफ्नो इन्ट्रानेट सेवा विस्तार गरेको छ। यी क्षेत्रहरुसम्म सेवा विस्तार गर्नु निकै कठिन र चुनौतीपूर्ण रहेको कम्पनीले उल्लेख गरेको छ।
इन्ट्रानेट सेवा विशेषगरी बैंक तथा वित्तीय संस्थाहरुको लागि मागअनुसार जडान गर्दै आएको छ। लकडाउनको समयमा पनि निरन्तर जडान र ग्राहकलाई सेवा प्रदान गर्दै आएको बताइएको छ।
कोरोना संक्रमणको जोखिमसँगै प्रयोग हुँदै आएको टेलिमेडिसिन सेवामा पनि कम्पनीको यो सेवा उपयोग गर्न सकिने कम्पनीको भनाइ छ। देशका दुर्गम भेगमा टेलिमेडिसिन सेवा प्रयोग र उपयोग गरेर डाक्टरहरुले बिरामीहरुको उपचार गर्न सकिन्छ। यसको लागि क्लासिक टेकको गुणस्तरीय र भरपर्दो सेवाले टेलिमेडिसिन सेवालाई विस्तार गर्न समेत सहयोग पुर्याउँछ।
पिसिआर टेस्ट गरेर आफ्ना कर्मचारीहरुलाई पठाउने र आएपछि पनि पुनः पिसिआर गराउने गरेको हुँदा सुरक्षित वातावरणमा सेवा दिइरहेको छ। कम्पनीले पैदल नै जानुपर्ने स्थान तथा संस्थाहरुमा पनि सेवा उपलब्ध गराएको छ।
यस बाहेक कम्पनीले सेवा उपलब्ध गराएपछिको मर्मत संभारको लागि तत्काल कर्मचारी उपलब्ध गराएर सेवा प्रदान गरिहेको जनाएको छ।
यसका साथै क्लासिक टेकले यसभन्दा पनि कठिन र दुर्गम भेगमा आफ्नो इन्टरनेट र इन्ट्रानेट सेवा उपलब्ध गराउन काम गरिरहेको र जस्तोसुकै कठिन परिस्थितिमा पनि सेवाग्राहीलाई सेवा गर्न सँधै तत्पर रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।