काठमाडौं- यामाहाले बीए–६ र एफआईसहितको नयाँ स्पोर्टी स्कुटर ‘रे जीआर १२५ एफआई’ नेपाली बजारमा ल्याउने भएको छ। कम्पनीले स्पोर्टी प्रिमियम स्कुटरप्रति उपभोक्ताको बढ्दो आकर्षणलाई ध्यानमा राखेर उक्त स्कुटर ल्याउन लागेको हो।
उपभोक्ताको रोजाई र चाहनाअनुसार १२५ सिसी स्कुटर प्रिमियम बजारलाई मध्यनजर गर्दै यामाहा नेपालले नयाँ स्पोर्टी स्कुटर नेपाली बजारमा ल्याउन भएको छ। नेपाली बजारमा यामाहाका मोटरसाइकल तथा स्कुटर एमएडब्लू इन्टरप्राइजेजले बिक्री गर्दै आएको छ।
नयाँ ‘रे जीआर १२५ एफआई’ स्कुटर १२५ सिसी इन्जिनयुक्त हुनेछ र यो अझ बढी शक्तिशाली हुने दाबी कम्पनीको छ। यसमा बिएस–६ कम्प्लायन्ट इन्जिन छ, जुन पछिल्लो अपग्रेडेड प्रदूषण मापदण्डअनुरुपको हो।
यसमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि छ। भारतमा बिएस–६ मापदण्ड अनिवार्य लागू भए पनि नेपालमा अन्य प्रतिस्पर्धी ब्रान्डहरुले हालसम्म बिएस–६ मा आधारित कुनै मोटरसाइकल वा स्कुटर आयात गरेका छैनन्।
यामाहाले भने नेपालमा बिएस–६ र एफआई प्रविधि भएका मोटरसाइकल र स्कुटर ल्याउन थालिसकेको छ। यसबाट यामाहा नेपाली अटोमोबाइल बजारमा निकै आक्रामक रुपमा प्रस्तुत हुन खोजेको देखिन्छ। पछिल्लो केही वर्षयता नेपाली बजारमा यामाहाका मोटरसाइकल र स्कुटरले राम्रो बजार लिन सफल भएको छ। यसको मुख्य कारण कम्पनीले मोटरसाइकल र स्कुटरमा समावेश गरेको नयाँ प्रविधि र आकर्षक लुक्स नै हो।
एफआई र बिएस–६ भएका रे जीआर १२५ एफआई स्कुटर किन्न चाहानेलाई बजारमा यामाहा स्कुटरबाहेक अरु विकल्प उपलब्ध नरहेको दाबी एमएडब्लूको छ। यो नयाँ स्कुटर पनि यामाहाको सडएनए अनुरुप स्पोर्टी र आकर्षक डिजाइनको हुने कम्पनीको भनाइ छ।
रेजीआर १२५ एफआई हालै विश्वमा भित्रिएको प्रविधि, आर्टिफिसियल इन्टेलिन्स (एआई)मा आधारित, नेपालमै पहिलो पटक भर्चुअल लन्चमार्फत असोजको पहिलो साता सार्वजनिक गर्ने तयारी एमएडब्लूले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।