काठमाडौं- पामाकेयरले पछिल्लो समय ह्यान्डवास बजारमा ल्याएको छ। आइएसओ ९००१:२०१५ प्रमाणित यो कम्पनीले विभिन्न फ्लेवरमा ह्यान्डवास प्रस्तुत गरेको कम्पनीका सञ्चालक महेशकुमार चौधरीले बताए।
जिएमपी प्रमाणित प्लान्टमा स्यानिटाइजरलगायत जनस्वास्थ्य र सरसफाइसँग सम्बन्धित अन्य वस्तु उत्पादन गरी बिक्री वितरण गरिरहेको कम्पनीले कोभिड–१९ को महामारीबीच ह्यान्डवास उत्पादन सुरु गरेको हो।
कोभिड–१९ को संक्रमण रोकथाममा स्यानिटाइजर, ह्यान्डवास, साबुन, मास्क जस्ता वस्तुको भूमिका प्रभावकारी देखिएको तथा विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञहरुले यसको प्रयोगमा जोड दिइरहेको सन्दर्भमा कम्पनीले सुपथ मूल्यमा सर्वसाधारणले गुणस्तरीय ह्यान्डवास प्राप्त गर्न सकून् भनेर यसको उत्पादन सुरु गरेको चौधरीले बताए।
यो ह्यान्डवासमा ब्याक्टेरिया, भाइरस जस्ता मानव शरीरका लागि हानिकारक तत्वलाई समूल नष्ट गर्ने फर्मुला र पदार्थको सम्मिश्रण रहेको कम्पनीले जनाएको छ।
कम्पनीले यसअघि नै पामाकेयर ब्रान्डमा स्यानिटाइजर उत्पादन गरी बजारमा उपलब्ध गराइरहेको छ। चौधरीका अनुसार पामाकेयरका ह्यान्डवास विभिन्न फ्लेवरमा उपलब्ध छन्।
उपभोक्ताले आफ्नो रुचीअनुसार लेभेन्डर एन्ड वाटर लिली, लेमन एन्ड मेन्डेरियन, टिट्री एन्ड एप्पल फ्लेवरका ह्यान्डवास रोज्न सक्ने चौधरीले बताए। हाललाई २५० मिलिलिटरको पम्पसहितको प्याकमा उपलब्ध ह्यान्डवासको मूल्य एक सय ५२ रुपैयाँ तोकिएको छ। रिफिल प्याकको हकमा एक लिटरको प्याक बजारमा पठाइएको कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।