काठमाडौं- रातो मच्छिन्द्रनाथको मूर्तिलाई भदौ २९ गते बुङमती लैजाने साइत जुरेको छ। मच्छिन्द्रनाथको ज्योतिषहरुले मूर्तिलाई बुङमती फिर्ता लैजाने साइत निकालेका हुन्।
भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङमती लैजाने साइत जुरेको दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले बताए।
रथ पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको छ। २९ गते बुङमती प्रस्थान गराइने छ।
असोज १ गते बिचा पूजासँगै यसवर्षको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।