• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १२, २०८२ Sat, Dec 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पहिरोको पीडा : 'घर बगाएको महिनादिन बित्यो, त्रिपालबाहेक राहत पाएको छैन'

64x64
शेरबहादुर ऐर आइतबार, भदौ २१, २०७७  १६:०४
1140x725

चुरे (कैलाली)- कैलाली जिल्ला चुरे गाउँपालिका-५, पट्रेनी। कौशिला हरखाली मगर पालमुनि बसिरहेकी थिइन्। उनको काखमा नाबालक छोराछोरी थिए। पालमुनि बस्न थालेको एक महिना भएको छ। बाढीपहिरोले घरबार लगेपछि उनी पालमुनि बस्न थालेकी हुन्। पहिरोले अन्नपात सबै बगाएपछि उनलाई हरेक दिन नाबालक छोराछोरीलाई साँझबिहान के खुवाउने भन्ने चिन्ताले पिरोल्ने गरेको छ। 

'म त केही दिन नखाएरै पनि बाँच्न सक्छु, तर बालबच्चालाई के खुवाउने,’ बाढीपहिरो पीडितबारे रिपोर्टिङ गर्न पुगेका पत्रकारहरूसामु उनको वेदना पोखियो। 

साउनमा आएको पहिरोले उनको घरआँगन पुरेको थियो। घरआँगन पुरेपछि नेपाल रेडक्रस सोसाइटी कैलालीको सहयोगमा जिल्ला प्रशासन कार्यालयले उनलाई त्रिपाल उपलब्ध गराएको छ। चुरे गाउँपालिकाले भीमदत्त राजमार्गको छेउमा पर्ने बेल्चप्लानमा बसोबास गराएको छ।

'अहिले म सडकछेउमा त्रिपालमुनि दिनरात काट्दै छौं। हामीले राहतको नाममा केही पाएका छैनौं। पाएको भनेको यही एउटा त्रिपाल मात्रै हो। यसरी त कति दिन बस्न सक्छौं? हरेक दिन छाक टार्नै धौ-धौ भइसक्यो,' उनले भनिन्। 

चुरे गाउँपालिका-५ दुहुँका दल्ले बोहरा पनि एक महिनादेखि त्रिपालमुनि बसिरहेका छन्। सडकको छेउमा पाल टाँगेका उनले सुत्नका लागि बोराहरू बिछ्याएका छन्। ‘सरकारले हामीलाई यही एउटा त्रिपाल दिएको छ। हामीसँग अन्नपात केही पनि छैन। छाक टार्न समस्या भएको छ,’ हातमा पोलेको मकै देखाउँदै उनले भने, 'यही खाएर दिन गुजारिरहेका छौं।'

पहिरोले उनको घरसँगै अन्नपात पनि सबै पुर्‍यो। 'बजारबटी खानालाई थोडथोडा सामान उधारो ल्याउँछौं, पैसा नि नाइ छि। क्या अर्नु (बजारबाट खानाका लागि थोरै सामान उधारो ल्याउँछौ पैसा पनि छैन के गर्ने होला),’ उनी भन्छन्।

सरकारले लकडाउन खुकुलो बनाएपछि खानीडाँडा बजार पनि खुलेको थियो। भदौ ४ गतेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गर्‍यो। निषेधाज्ञा जारी गरेपछि खानीडाँडाका पसल पनि बन्द भए। स्थानीय दल्लु बोहराले भने, 'पसल खुला हुँदा साहुहरूले हामीलाई उधारो मै भए पनि अन्नपात दिइरहेका थिए। अहिले खानालाई सामान ल्याउँ भने पसलले पनि दिन मान्दैनन्।'

साउनको पहिरोले पट्रेनीका लालबहादुर मगरको घर तथा अन्नपात सबै बगायो। उनी पनि अहिले पालमुनि बसिरहेका छन्। 'हामीले के गरेर खाने? कसरी जीविकोपार्जन गर्ने भन्ने समस्या छ। उनले पनि सरकारले त्रिपालबाहेक अरु केही पनि सहयोग नगरेको गुनासो गर्दै भने, 'यो त्रिपालले पनि पानी रोक्दैन।'

Ncell 2
Ncell 2

पट्रेनीकै हर्क बहादुर अरखालीमगरका अनुसार जनप्रतिनिधिहरू आउछन्, सोधपुछ गर्छन्, आश्वासन दिन्छन्, जान्छन्। 'एक महिनाभन्दा बढी भयो, आश्वासनको त बाढी नै आयो, तर वास्तविक बाढीको पीडा कम भएन,' उनले भने। 

चिसो सडकमाथि त्रिपालमुनि बस्दा चिसोले हामीहरूलाई स्वास्थ्यमा समस्या पनि देखिन थालिसक्यो स्थानीय इन्द्रबहादुर अरखाली मगरले भने, ‘बालबालिका र वृद्ध–बृद्धालाइ त झन् समस्या भएको छ। अहिलेसम्म संघसंस्था र राज्यको कुनै निकाय पनि आएका छैनन्।’

गत साउन १७ गते राती आएको भारी वर्षा र पहिरोले पट्रेनी, दुँहु, राजवन र गुणीगाँउ ४६ घरधुरी विस्थापित भएका छन्। ती मध्ये २० घरमा पूर्ण रूपमा क्षति भएको छ। विस्थापितहरू एक महिनादेखि भीमदत्त राजमार्गको छेउमा बस्दै आएका छन्।

पूर्ण रूपमा विस्थापित भएका गुणीगाउँमा २५ किलो चामल वितरण गरिएको चुरे गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर-५ का वडाध्यक्ष नरबहादुर तामाङले बताए। उनले अन्य गाउँका विस्थापितहरूलाई गाउँपालिकाको बैठक बसेर राहत वितरण गर्न तयारी भइरहेको जानकारी दिए। पहिरो पीडितहरूको तथ्यांक सकलन गरेर राहतको लागि कैलाली जिल्ला प्रशासन कार्यालय र सुदूरपश्चिम प्रदेश सरकारसँग पहल भइरहेको बताए।

'हामीले पहिरो पीडितहरूलाई केही दिनको लागि मात्रै सडक छेउमा राखेका छौं। हामी पहिरो पीडितहरूको पुनर्स्थापनाका लागि उपयुक्त स्थानको खोजी गरिरहेका छौं। पहिरो आएको एक महिना भइसकेको छ। धेरै जनाको घर उजाड भएको छ। हामी उनीहरूको उपयुक्त ढंगले व्यवस्थापन गर्ने योजनामा छौं,' उनले भने।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुद... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस शनिबार, पुस १२, २०८२
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस शनिबार, पुस १२, २०८२
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि शनिबार, पुस १२, २०८२
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै शनिबार, पुस १२, २०८२
बढ्यो अमेरिकी डलरको मूल्य शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नागरिकता नियमावली चौथो पटक संशोधन शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्