काठमाडौं-रिद्धिसिद्धि सिमेन्टले कोरोना संक्रमण भइ हाल हेटाैंडाकाे गौरीटार आइसोलेसन वार्डमा रहेका ६२ जना संक्रमितलाई विभिन्न सामग्री सहयाेग गरेकाे छ। कम्पनीले उनीहरुलाई फलफूल, रोग प्रतिरोधात्मक शक्ति बढाउने खालका खाद्य सामग्री र आइसोलेसनमा रहँदा परिवारसँग निरन्तर सम्पर्कमा रहन नेपाल टेलिकमको २०० रूपैयाँ बराबरको रिचार्जकार्ड र एक थान तातोपानी खाने कपलगायत सामग्री वितरण गरेको हाे।
कार्यक्रममा सिमेन्टका क्षेत्रीय बिक्री प्रबन्धक बिक्रम खतिवडाले उद्योग स्थानीय समुदायको दु:ख सुखको साथी बन्न तयार रहेको बताए।
त्यस्तै हेटौंडा उपमहानगरपलिकाका प्रमुख हरिबहादुर महतले संक्रमितहरुको हौसला बढाउँदै सचेत रहि स्वस्थ खानपिन एंव नियमित व्यायाम गर्ने हो भने कोरोनामात्रै हैन भविष्यमा समेत सजिलै कुनै रोगको शिकार हुनु नपर्ने बताए।
मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले सकारात्मक सोचको विकास गर्दै सुरक्षित रहि उद्योगधन्दा, व्यापार व्यवसाय सुचारु गर्नुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।