• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन १०, २०८३ Sun, Jul 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष

हलिया मुक्तिका १२ वर्षपछि पनि सडक र जंगलकै बास

64x64
ललित बोहरा शनिबार, भदौ २०, २०७७  १७:५५
1140x725
जंगलछेउमा बसोबास गर्दै आएकी हलिया सीता नेपाली। तस्बिर : ललित बोहरा/डडेल्धुरा

डडेल्धुरा- बाँधाश्रम तथा दासप्रथाको अवशेषको रूपमा रहेको हलिया प्रथाको अन्त्य गर्ने घोषाणा भएको आइतबार १२ वर्ष पूरा हुँदैछ। नेपाल सरकारले सहमति र प्रतिबद्धता गरे अनुरूप हलिया पुर्नस्थापनाको काम अपेक्षाकृत रुपमा सम्पन्न हुन नसकिरहेको अवस्थामा हलिया अधिकारकर्मीहरु १२औं हलिया मुक्ति दिवसलाई हलिया अधिकार प्राप्तीको संघर्षकै रूपमा नै मनाउन गइरहेका छन्। 

साहु महाजन र मालिकको हलो जोतेर घरपरिवार पाल्दै आएका हलियालाई उचित पुर्नस्थापना गर्न १२ वर्षपहिले सरकारले मुक्तिको घोषणा गरेको थियो। हलियालाई पुनःस्थापनाको घोषणा गरेको खोलो फर्कने समय बित्दा पनि हलियाका दिन फर्केका छैनन्। सरकारको चेत पनि फर्किएको छैन। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जिल्ला  हलिया पुनःस्थापना कार्यदलको सिफारिसका आधारमा केही हलियाले ‘क’ देखि ‘घ’ वर्गको परिचयपत्र दिएको छ। 

तर, डडेल्धुरामा परिचयपत्र पनि नभएका हलियाको संख्या कति छ भन्ने तथ्यांकसमेत सरकारसँग छैन। उनीहरूको न जग्गा जमिन छ, न परिचयपत्र छ, न घर नै। परिचयपत्र नपाएका हलियाका दुखमा मल्हम लाग्ने कहिले हो भन्ने प्रश्नको उत्तर कसैसँग पनि छैन। 

परिचयपत्र नभएपछि सरकारको पुनःस्थापना कार्यक्रम मात्र हैन, अन्य सेवा सुविधाबाट समेत बञ्चित छन्। गन्यापधुराका गाउँपालिका–२ का नरजित टमाटाको हलो जोत्दै गरेको फोटो सरकारले निकालेको मुक्त हलिया परिचयपत्रमा रङ्गिन कर्भर फोटो त भयो। तर उनले २१ वर्षसम्म परिचयपत्र समेत पाएनन्। उनले भने, ‘मैले हलो जोतेको फोटोले मुक्त हलिया पहिचान भयो। सरकारले हजारौंका लागि परिचयपत्र बनाई जग्गा खरिद र घर बनाइयो तर मैले न त परिचयपत्र पाएँ, न त घर जग्गा।’ 

मुक्त हलियाका पनि टाठाबाठाले जग्गा खरिद गरी घर बनाएका छन्। पहुँच नभएकाहरुको दुःखका दिन सकिएका छैनन्। ‘मेरो घर नजिकैका हलियाहरूले घर बनाए छन्। एकै घरका दुई दाजुभाइले समेत फरक–फरक घर निर्माण गरे। पहुँच भएकाहरुको लागि सबै रहेछन्। हाम्रो लागि कोही छैन,’ टमाटाले दुखेसो पोखे, ‘हामी कुनै दलको भएन। त्यसैले पनि पाएनौं। जिल्ला हलियामुक्त समाजले परिचयपत्रका लागि पनि पहल गरिदिएको छैन।’ 

डडेल्धुरामा परिचयपत्र पाउनबाट बञ्चित कति छन् भन्ने एकिन तथ्याङक कसैसंग छैन्। डडेल्धुरामा २ हजार ५ सय ५१ जना मुक्त हलियाले परिचयपत्र पाएका छन्। सुरुवातमा तथ्यांक संकलन गर्दा मुक्त हलिया समाज डडेल्धुराले २ हजार ६ सय ३४ जना हलिया रहेको तथ्यांक मन्त्रालयमा पेस गरेको जनाएको छ।

जसमध्ये २ हजार ५ सय ५१ जना मुक्त हलियाले परिचयपत्र केन्द्रबाट आएको हलिया मुक्ति समाज डडेल्धुराका अध्यक्ष भरत सार्कीले बताए। यसमध्ये पनि १ सय ९० जना सम्पर्कमा नआएको मालपोत कार्यालय डडेल्धुराको तथ्यांकमा उल्लेख गरेको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

अझै करिब दुई हजारको हाराहारीमा मुक्त हलियाको संख्या छुटेको हलिया मुक्ति समाज डडेल्धुराको दाबी छ। स्थानीय तहमा जनप्रतिनिधि आएपछि दुई स्थानीय तह गन्यापधुरा, र नवदुर्गा गाउँपालिकाले तथ्यांक संकलन गरेका छन्। 

नवदुर्गा गाउँपालिका अध्यक्ष कविन्द्र विष्टका अनुसार २०७६ मा संकलन गरेको तथ्यांक हेर्दा वास्तविक मुक्त हलिया ५ सय ५७ जना छुटेका छन्। गन्यापधुरामा ५ सय १७ जना छुटेको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए। 

सामुदायिक वनमा बसोबास
जिल्लाको सदरमुकाम अमरगढी नगरपालिकासँगै जोडिएको गन्यापधुरा गाउँपालिका–१ मा पर्ने भेटाको सिंगो मुक्त हलिया बस्ती सामुदायिक वनमा बसोबास गर्दै आएको छ।

नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह गाउँपालिको असिग्राम भेटाका मुक्त हलिया १० वर्षदेखि सामुदायिक वनमा बस्दै आएका छन्। २०६६ सालमा असिग्राममा बाढीले धनजनको क्षति पुर्‍याएपछि १८ घरपरिवार मुक्त हलिया भेटा सामुदायिक वनमा बस्दै आएका हुन्। उनीहरू सात वर्षका लागि सम्झौतामा बसेका थिए। सामुदायिक वनसँगको सम्झौता म्याद सकिएको पनि ४ वर्ष भइसकेकाले अब के गर्ने भन्ने अवस्था सिर्जना भएको मुक्त हलिया दीपक कामीले गुनासो गरे। 

‘खोलाको किनारमा सानो झुपडी थियो। त्यही पनि १० वर्ष पहिले बाढीले लग्यो। त्यसपछि समुदायिक वनमा त्यहाँका हलियाले ६ वर्ष बस्ने सम्झैता गरे। त्यो पनि सकियो जानुस् भन्छन्। कहाँ जानु? घरवारविहीन छौं हामी,’ दीपकले गुनासो गरे। 

अर्का स्थानीय बहादुर दमाईको पनि गुनासो उस्तै छ। ‘हावाहुरी चल्दा रुख ढलेर किच्ने हो कि भन्ने सन्त्रासमा बाँच्नुपरेको छ,’ बहादुरले भने, 'घर वरपर रहेको सामुदायिक जङ्गलबाट आफ्नो दैनिकी चलाउन प्रयोग गरिने घाँसदाउरा उपभोग गर्नबाट समेत बञ्चित हुनुपर्ने अवस्था छ।’ 

गन्यापधुराका १२२ हलियाको नाम गायब
मुक्त हलिया समाज डडेल्धुराले २०६४ सालमा गाउँपालिका–१ मा १ सय २२ जना मुक्त हलियाको नाम संकलन गरेको थियो। तर, ती नाम अहिले गायब भएको राष्ट्रिय मुक्त हलिया समाज केन्द्रीय कार्यालय डडेल्धुराले जनाएको छ। महासंघका अनुसार उनीहरूको नाम भूमिसुधार मन्त्रालयले लिएको तथ्यांकबाटै हटाएको छ। 

तथ्यांक हटाउनमा कांग्रेस सभापति देउवाप्रति लक्षित गर्दै उनको पनि हात हुन सक्ने मुक्त हलियाका क्षेत्रमा काम गर्ने एक अधिकारकर्मीले आरोप छ। आफ्नो ठाउँमा हलिया छैन्न भने देखाउनलाई उनले नै गायब गर्न लगाएको जिल्ला हलिया मुक्ति डडेल्धुराको पनि दाबी छ। 

स्थानीय तहमा जनप्रतिनिधि आएपछि आफूले पनि छुट हलियाको तथ्यांक संकलन गरेको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले दाबी गरे। ‘हामी घर–घर पुगेर तथ्यांक संकलन गरेर सम्बन्धित निकायसँग पहल गरेका छौं,' अध्यक्ष नवलबहादुर मल्ले भने, ‘सरकारले हलिया मुक्तिको घोषणा गरेपनि उनीहरूको उचित व्यवस्थापन हुन सकेको छैन। हामी प्रयासरत छौँ।’

सरकारी लगतमा थुप्रै हलियाले फारम भरेको भएपनि धेरैको नाम छुटेको मुक्त हलियाको भनाइ छ। डडेल्धुरालगायत सुदूरपश्चिम तथा कर्णाली प्रदेशका अधिकांश मुक्त हलियाको आफ्नो नाममा जग्गा छैन। धेरैका साथमा परिचयपत्र पनि छैन। 

हलिया अधिकारकर्मी सुन्दर जैरूका अनुसार धेरै हलियाका साथमा अझसम्म पनि परिचयपत्र छैन। 'यी प्रतिनिधि घटना मात्र हुन्। यस्तो समस्या धेरै जिल्लामा छन्। छुटेका मुक्त हलियाको तथ्याङ्क लिनुपर्छ भन्दा सरकारी अधिकारीहरू कुरै सुन्न चाहँदैन,' जैरूले भने, 'त्यसैले हलियाको पुनःस्थापना भद्रगोल भएको छ। केही स्थानीय तहले लगत संकलन गरेको सुनेको छु त्यो राम्रो हो।’ 

०७२ को तथ्यांकअनुसार डडेल्धुरा, दार्चुला, कञ्चनपुर, बैतडी, बझाङ, बाजुरा र अछामलगायत जिल्लामा गरी जम्मा १९ हजार ५९ घरधुरी हलिया रहेका थिए। यीमध्ये ८ हजार ९ सय ८३ जना परिचयपत्र पाउनबाट वञ्चित हुनु परेको मुक्त हलिया समाज केन्द्रीय कार्यालय डडेल्धुराले जनाएको छ। सरकारले मुक्त हलिया छैन कसरी भनेको हो? यदि नभएको घोषणा गरे आफूहरुको नागरिकता स्थानीय प्रशासनलाई बुझाई सडक आन्दोलन गर्ने मुक्त हलियाहरूको चेतावनी दिए।

मुक्त हलिया घोषणा गरेको १० वर्षसम्म परिचपपत्र समेत भएको छैन। सरकारले भने नेपालमा मुक्त हलिया घोषणा सबैको पुनःस्थापना भइसकेको दाबी गर्दै मुक्त हलिया पुनःस्थापना कार्यक्रम नै हटाउने तयारीमा लागेको छ। परिचयपत्र समेत नपाएका वा जग्गा जमिन नभका मुक्त हलियाले मात्र नभएर जोसुकैले पनि सरकारका नाममा मुद्दा दायर गरे संविधानत: पाउने हकबारे अदालतले सरकारलाई आदेश दिन सक्ने अधिवक्ता विष्णुप्रसाद भट्टको भनाई छ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
एमबीएसको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएपछि त्रिविले बनायो छानबिन समिति आइतबार, साउन १०, २०८३
७ लाख ५७ हजार स्रोत नखुलेको रकम र मोटरसाइकलसहित एक जना पक्राउ आइतबार, साउन १०, २०८३
मुखभित्र लुकाइएको खैरो हेरोइनसहित झापाका एक युवक पक्राउ आइतबार, साउन १०, २०८३
सुनचाँदीको मूल्य बढ्यो आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, साउन ९, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा शनिबार, साउन ९, २०८३
बुद्धले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० शनिबार, साउन ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्