काठमाडौं- धुलिखेल अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
महोत्तरी बर्दिबासका ७५ वर्षीय पुरुषको अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले जानकारी दिए।
डा ताम्राकारका अनुसार उनी १८ दिन अगाडि सास फेर्न गाह्रो भएर अस्पताल भर्ना भएका थिए। अस्पतालका अनुसार उनको दुई हप्ता अगाडि पिसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियाे। उनी दम र रक्तचापका बिरामी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।