डडेल्धुरा-कञ्चनपुरमा डिउटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको मृत्यु भएको छ। दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुराको अजयमेरु गाउँपालिका-२ घर भएका प्रहरी जवान सुरेन्द्रकुमार ऐरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीका अनुसार शुक्रबार राति १२ बजे ५ नम्बर पोष्टमा डिउटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भएका थिए।
उनलाई तत्कालै उपचारका लागि धनगढी ल्याईएकोमा आज बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।