काठमाडाैं-एनसेल आजियाटा लिमिटेडले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) का विद्यार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ।
यो योजनामा एसइईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा लिन सक्छन्।
यो योजना बिहीबार (भदौ १८) देखि लागू भएको छ। 'पहिलो सिम' लिनका लागि विद्यार्थीको एसइई परीक्षा प्रवेश पत्र, नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी र एक प्रति फोटो आवश्यक पर्दछ । यो सिम विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट लिन सक्नेछन् ।
सिम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफू सधैं सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बर सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सकिन्छ । त्यसपछि विद्यार्थीहरुले पहिलो ३० दिनसम्म ती नम्बरमा निःशुल्क कुराकानी गर्न सक्छन् । ३० दिनपछि पनि विद्यार्थीहरुले ती नम्बरहरुमा मात्र रु ९९ पैसा प्रति मिनेटमा बाँकी ११ महिनासम्म कुराकानी गर्न सक्ने एनसेलले जनाएको छ ।
विद्यार्थीहरुले एस्ट्रिक्स ५५४४ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफू सधैं सम्पर्कमा रहनुपर्ने पाँच वटा एनसेल नम्बरलाई माइफाइभ समूहमा राख्न सक्छन् । माइफाइभ सेवाको समूहमा ५ वटा नम्बर राखिसकेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक रु ५ शुल्क लाग्नेछ ।
पहिलो सिम सुचारु गरेपछि पहिलो दिनको मध्यरात सम्ममा रु १०० वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिनसम्म हरेक दिन १०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । यसका साथै, यस सिमको मेन ब्यालेन्सबाट गरिएको हरेक रु १०० बराबरको खर्चमा ग्राहकले तीन दिनको समयसीमा रहेको ३०० एमबी (१०० एमबी अल नेटवर्क र २०० एमबी फोरजी डेटा) बोनस डेटा प्राप्त गर्नेछन् । पहिलो सिम अन्तर्गतको यो ब्यालेन्स खर्चमा बोनस सुविधा १२ महिनाको लागि रहने उल्लेख गरिएको छ।
एसइई सकेका विद्यार्थीका लागि सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न यस पहिलो सिम योजनालाई निरन्तरता दिन पाएकोमा कम्पनीले खुसी व्यक्त गरेकाे छ। हाल विभिन्न जिल्लामा स्थानिय प्रशासनद्वारा कोरोनाभाइसको संक्रमण फैलन नदिन र यसको रोकथामकालागि निषेधाज्ञा जारी गरेको हुनाले सिम लिनका लागि पहिले आफ्नो नजिकैको एनसेल सेन्टर खुल्ला रहे/नरहेको बुझेर मात्र सिम लिन र सतर्कता तथा सुरक्षा मापदण्ड अपनाई एनसेल सेन्टरमा जान कम्पनीले अनुरोध गरेकोे छ ।
विद्यार्थीले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी डेटा प्याक तथा एस्ट्रिक्स १७११८ ह्यास डायल गरी भ्वाइस प्याक खरिद गर्न सक्छन् । त्यस्तै, म्यूजिक र गेमिङ् प्याकका लागि पनि विभिन्न अप्सनहरु रहेका छन् । ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी आफ्नो आवश्यकता अनुसारको प्याक खरिद गर्न सक्छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।