काठमाडौं-धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।मोरङकाे विराटनगर-११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६ः३० मा मृत्यु भएको अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।
डा सापकोटाका अनुसार ती महिलाको प्रादेशिक ल्याब बिराटनगरमा पिसीआर परीक्षण गर्दा भदौ १७ गते कोरोना पोजेटिभ आएको थियो।
उनलाई श्वासप्रश्वासमा कठिन, पेट र छाती दुख्ने समस्या बढ्दै गएपछि न्युरो अस्पताल विराटनगरबाट रिफर गरिएको थियो। उनी भदौ १८ गते प्रतिष्ठानमा भर्ना भएको अस्पतालले जनाएको छ।
उनी ४ वर्षदेखि उच्च रक्तचापकी बिरामी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।