नयाँदिल्ली–सीमामा तनाव जारी रहेकै बेला भारत र चीनका रक्षामन्त्रीबीच भेटवार्ता भएको छ। सांघाई सहयोग संगठन (एससीओ) को बैठकमा भाग लिन मस्को पुगेका भारतका रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री वेई फेङघेबीच वार्ता भएको हाे।
भारतीय सञ्चारमाध्यमका अनुसार चिनियाँ रक्षामन्त्रीकै प्रस्तावमा भएको वार्ता करिब २ घण्टा २० मिनेटसम्म चलेको थियो। तर वार्तामा भएका विषय सार्वजनिक गरिएको छैन।
गत मे महिनादेखि नै भारत र चीनबीच सीमा विषयमा तनाव जारी छ। उक्त विषयमा सैन्य तथा कूटनीतिक तहमा विभिन्न समयमा वार्ता भइसकेका छन्। दुई देशका रक्षामन्त्रीबीचको वार्ता हालसम्मकै उच्चस्तरीय वार्ता भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।