काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई कोरोना संक्रमण देखिएको छ। कार्कीको सोमबार स्वाब लिइएको गरिएको थियो भने बुधबार नतिजा आएको थियो।
मन्त्रालयसम्बद्ध अधिकारीहरूले सचिव कोरोना संक्रमित भएको पुष्टि गरेका छन्।
सचिव कार्कीलाई संक्रमण भएसँगै भौतिक मन्त्री बसन्त नेम्वाङ आइसोलेसनमा बसेका छन्।
नेम्वाङ शुक्रबारको मन्त्रिपरिषद बैठकमा गएका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।